काठमाडौं, २४ चैत्र । राष्ट्रपति विद्यादेवी भण्डारीले गोविन्द बन्दीलाई कानून, न्याय तथा संसदीय मामिलामन्त्री नियुक्त गरेकी छिन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिशमा उनले बन्दीलाई मन्त्री नियुक्त गरेकी हुन् ।
गैरसांसद बन्दीको खास नाम गोविन्द प्रसाद शर्मा कोइराला हो । उनी नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसँग नजिक छन् ।
यसैगरी, कानून मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका दिलेन्द्रप्रसाद बडूले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी पाएका छन् । राष्ट्रपतिले उनलाई उक्त कार्यभार तोक्ने गरी नियुक्ति दिएकी हुन् ।