काठमाडौं, २४ चैत्र । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पनि आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भाग लिनेगरि तयारी थालेको छ ।
नेकपाको तर्फबाट प्रवक्ता प्रकाण्डले स्थानीय तह निर्वाचनमा भाग लिन पाउने वातावरण बनाउन निर्वाचन आयोगसमक्ष आग्रह गरेका छन् ।
प्रकाण्ड आज आयोगको कार्यालय पुगेका थिए ।
प्रकाण्डले आफ्नो पार्टीलाई निर्वाचनमा भाग लिनका लागि मतदाता नामावलीमा नेता कार्यकर्ता नै नरहेकाले नामावलीमा समावेश हुने अवसर मागेको छ ।
त्यस्तै दल दर्ताका लागि पनि समय मागिएको छ ।
तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम