Logo

भारतका रक्षामन्त्री र विदेशमन्त्री एकसाथ अमेरिका भ्रमणमा जाने



एजेन्सी, २४ चैत्र । भारतका रक्षामन्त्री राजनाथ सिंह र विदेशमन्त्री एस. जयशंकर एकसाथ अमेरिका भ्रमणमा जाने भएका छन् । सिंह र जयशंखरले ११ र १२ अप्रिलमा अमेरिका भ्रमण गर्ने भारतका विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका हुन् ।

सिंह र जयशंकर दुवैले भारत अमेरिका टु प्लस टु मन्त्रीस्तरीय बैठकमा भाग लिने जनाइएको छ । भारतको विदेश मन्त्रालयले द्विपक्षीय सम्बन्धबारे महत्वपूर्ण छलफल हुने बताएका छन् ।

रुस र युक्रेतबीचको युद्धमा भारतले तटस्थ भूमिका निभाइरहँदा रक्षामन्त्री राजनाथ सिंह र विदेशमन्त्री एस. जयशंकरले एकसाथ अमेरिका भ्रमण गर्न लागेका हुन् । अमेरिकाले भारतलाई रुसको कदमविरुद्ध उभिन दबाब दिदै आएको छ ।

यसैगरी, भारतले रुस र युक्रेनबीचको युद्धमा आफ्नो धारणा पुरानै रहेको स्पष्ट पारेको छ । बाग्चीले भारतले शान्ति र युद्ध रोक्ने पक्ष लिइरहेको तर्क गरेका छन् । रुससँग भारतको आर्थिक सम्बन्ध रहेको भन्दै त्यहाँबाट तेल किनेको बारे सोधिएको प्रश्नमा यूरोपमा पनि ऊर्जा रुसबाटै पुगिरहेको उल्लेख गरे ।



प्रतिक्रिया दिनुहोस्