Logo

सिटी एक्सप्रेससँगको सहकार्यमा ‘स्टुडेन्ट मिट २०२२’ सम्पन्न



काठमाडौं, २५ चैत्र । सिटी एक्सप्रेस मनी ट्रान्सफरको जापानिज ल्याङ्ग्वेज स्कुल एसोसिएसन अफ नेपालसँगको सहकार्यमा ‘स्टुडेन्ट मिट २०२२’ कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा स्कुलसँग आवद्ध ४० भन्दा बढी शैक्षिक परामर्शदातामार्फत जापान जान लागेका २०० भन्दा बढी विद्यार्थीको सहभागिता रहेको सिटी एक्सप्रेसले दाबी गरेको छ ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डनले जापान जान लागेका विद्यार्थीहरुलाई जापानी संस्कृति बारे जानकारी दिएका थिए । साथसाथै जापान पुगे पश्चात आफूले मिहिनेत गरेर कमाएको पैसा बैंकिङ्ग च्यानलमार्फत मात्र पठाउनसमेत विद्यार्थीहरुलाई उनले उत्प्रेरित गरे ।

कार्यक्रममा हाल जापान बसेर सिटी एक्सप्रेस मनी ट्रान्सफर जापान कम्पनी लिमिटेडमा दर्ता भएका १० भाग्यशाली विजेताहरूलाई ‘सिटी आयो पुरस्कार ल्यायो’ योजना अन्र्तगत जनही रु १०,००० (रु दश हजार) पुरस्कार विद्युतीय लक्की ड्र सिस्टम मार्फत बिजेता घोषणा पनि गरिएको थियो ।

सिटी एक्सप्रेसले स्कुलसँगको सहकार्यमा जापानमा अध्ययनरत विद्यार्थीहरूका लागि हरेक वर्ष पुरस्कार प्रदान गर्ने योजना समेत बनाएको जनाएको छ । सिटी एक्सप्रेसले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १५ वर्ष देखि विश्वभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्