Logo

एभरेष्ट इन्स्योरेन्सको साधारण सभा बैशाख २१ गते



काठमाडौं, २५ चैत्र । एभरेष्ट इन्स्योरेन्स कम्पनीले २७औं वार्षिक साधारण सभा बैंशाख २१ गते गर्ने भएको छ । सभा अग्रवाल भवन, कमलपोखरी काठमाडौंमा दिउँसो २ बजे गर्ने कम्पनीले जनाएको छ । चैत २४ गते बसेको संचालक समितिको बैठकले सभाको मिति तय गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ६ प्रतिशतका दरले बोनस शेयर र बोनस शेयरको कर प्रयोजनका लागि ०.३१५८ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको हो । सभाले उक्त प्रस्ताव पारित गर्नेछ ।

सभाले संचालक समितिको तर्फाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७७/७८ को लेखा परीक्षक गर्न बाह्य लेखापरीक्षको नियुक्ती तथा पारीश्रमिक निर्धारण गर्ने, वर्तमान लेखापरीषक श्री एम जि एस एण्ड एसोशिएट्स चार्टर्ड एकाउन्टेन्ट्स पुन नियुक्ती हुन योग्य रहेको प्रस्ताव पारित गर्नेछ ।

साथै, सभाले संस्थापक शेयरधनी समुह क बाट प्रतिनिधित्व गर्ने ३ जना र सर्वसाधारण शेयरधनी समुह ख बाट २ जना संचालकको निर्वाचन गर्ने प्रस्ताव पारित गर्नेछ ।

 

 

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot