Logo

आफ्नो अक्षमता लुकाउन अर्थमन्त्री गर्भनर माथि जाइ लाग्ने गोकुल बास्कोटाको टिप्पणी



काठमाडौं, २५ चैत्र । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का नेता तथा पुर्व मन्त्री गोकुल बास्कोटाले गठबन्धन सरकार गर्भनर हटाउने खेलमा लागेको बताएका छन् ।

सामाजिक सञ्जालमा ट्विट गर्दै बास्कोटाले यो सरकारले आफ्नो असफलता लुकाउन राष्ट्र बैंकका गर्भनर हटाउन लागेको टिप्पणी गरेका हुन् ।

नेता बास्कोटाले अर्थमन्त्री जनार्दन शर्माले आफ्नो अक्षमता लुकाउन गर्भनरमाथि जाई लागेको बताएका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘पुंजीगत खर्च तेस्रो चौमासिक सकिने समयमा समेत २५५गर्न नसक्ने,लोकरिंझाईका सस्ता कार्यक्रम गर्ने ,हुण्डीकारोबर गर्न छुट दिने,स्रोत नखुलेको सम्पति लगानी गर्नदिने,प्रदेशमा वाल्कोनी पिच्छे मन्त्रालय खोल्ने सरकार र उनका अर्थ मन्त्री अब आफ्नो अक्षमता लुकाउन गभर्नरमाथि जाई लाग्ने छन।

 

 

 

 

 



प्रतिक्रिया दिनुहोस्