Logo

कमल थापाको नेतृत्वको राप्रपा नेपालको चुनावी घोषणापत्र सार्वजनिक



काठमाडौं, २५ चैत्र । राप्रपा नेपालले शुक्रबार चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमका बीच पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गरिएको हो ।  कमल थापाले नेतृत्व गरेको राप्रपा नेपाल चुनावी घोषणा गर्ने पहिलो दल बनेको छ ।

अहिले देशमा एउटै बलियो नयाँ बैकल्पिक राष्ट्रवादी लोकतान्त्रिक शक्तिको आवश्यक रहेको भन्दै त्यसमा राप्रपा सफल हुने घोषणा पत्रमा उल्लेख गरिएको छ ।

साथै पार्टीले नेपाली जनताको सर्वोच्चतालाई ग्रहण गरेको उल्लेख गर्दै सुन्ने, हेर्ने र बोने राजसंस्थाको पक्षका नरहेको समेत स्पष्ट पारेको छ । घोषणापत्रमा आफ्ना पार्टीका उम्मेदवारहरुलाई मत दिन पर्ने ५ कारणसमेत उल्लेख गरिएको छ ।

राप्रपा नेपाल स्थानीय धार्मिक–सास्कृतिक पहिचान सहितको हिन्दुराष्ट्र पुनस्थापना प्रमुख कार्यनीति भएको एकमात्र दल भएको पनि बताइएको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot