काठमाडौं, २५ चैत्र । नारायण प्रसाद दाहाल राष्ट्रियसभा सदस्यमा मनोनित भएका छन् ।
उनी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका भाइ हुन् ।
हिजो (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले दाहाललाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्न सिफारिश गरेको थियो ।
सोहीअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको सदस्यमा दाहाललाई मनोनीत गरेकी हुन् ।