Logo

अरबौं डलर देशबाहिर लगेको भन्दै श्रीलंकाको राजापाक्षे परिवारमाथि देशलाई लुटेको आरोप



एजेन्सी, २६ चैत्र । यतिबेला श्रीलंका विश्वभर चासोमा परेको छ । कुनैबेलाको समृद्ध श्रीलंका गृहयुद्धमा भन्दा पनि ठूलो संकटमा फसेको छ । श्रीलंका टाट पल्टेको अवस्थामा छ ।

विदेशी मुद्रा नहुँदा श्रीलंका इन्धन खरिद गर्न नसक्ने अवस्थामा छ । विदेशबाट कागज समेत निर्यात गर्न नसकेर परीक्षाहरु स्थगित भएका छन् । दक्षिण एशियाका कतिपय देशहरु श्रीलंका जस्तै टाट पल्टने भयमा छन् ।

श्रीलंकाले चीनबाट महङ्गो ब्याज लिएर पूर्वाधार पनि विकास गरेको छ । पूर्वाधार बनेका छन् । तर, ती श्रीलंकाका लागि भारी भएका छन् । जनता १३ घन्टा लोडसेडिङ्गको मारमा छन् । खाद्यान्न, ग्याँसलगायत उपभोग्य सामाग्री अभाव छन् ।

श्रीलंकाको यो अवस्था आउनुमा राजनीतिक नेतृत्वलाई आरोप लगाइएको छ । त्यहाँको राजापाक्षे परिवार सत्तामा सर्वेसर्वा छ । राष्ट्रपति गोटावाया राजापाक्षे, प्रधानमन्त्री महिन्दा राजापाक्षेलगायत शक्तिशाली पदमा एउटै परिवारका सदस्य छन् । यसकारण त्यहाँ आर्थिक संकटको बखत विद्रोह भएको छ ।

श्रीलंकाका पूर्व ऊर्जामन्त्री पटिला चम्पिका रानावाकाले राजापाक्षे परिवार नै अहिलेको संकट आउनुमा पूर्ण जिम्मेवार रहेको आरोप लगाएका छन । श्रीलंकाले अहिले लिएको ७८ प्रतिशत ऋण राजापाक्षे परिवार सत्तामा हुँदाको बताएका छन् ।

रानावाकाले भनेका छन्, राजापाक्षे वंश कुलिन हुन् जसले यो देशमा डकैती गरेका छन् । उनीहरुले २००४ देखि २०१४ बीच सत्तामा हुँदा १९ अर्ब डलर श्रीलंकाबाट विदेशमा पुर्याए । श्रीलंकामा विदेशी मुद्रा बाहिरिदा ठूलो संकट आएको उनको आरोप छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot