Logo

चार्टर उडानका नाममा चर्को शुल्क



बाँके, चैत २७ । नेपालगन्जबाट कर्णाली र सुदूरपश्चिमका जिल्लामा बुधबारसम्म आठवटा नियमित उडान हुनुपर्ने हो। तर यहाँ दुई वटा मात्र नियमित उडान भए।

नियमित उडान कटौती गरेर नेपाल एयरलाइन्सले आठवटा चार्टर उडान भर्‍यो। उडानमा पनि बिचौलिय सक्रिय हुँदा नियमित उडान कटौती गरेर चार्टर उडान हुने गरेका छन्। जसले यात्रुहरू महँगो शुल्क तिर्न बाध्य छन्।

नियमित उडान भरेको भए एकतर्फी शुल्क लाग्थ्यो। चार्टर गर्दा दोब्बर पैसा लाग्ने गर्छ। नियमित उडान स्थगित गरेर चार्टर उडान मात्र गराउँदा कर्णाली र सुदूरपश्चिमका नागरिक महँगो शुल्कमा सवाइ यात्रा गर्न बाध्य छन्।

नेपाल एयरलाइन्सले २० गते आइतबारबाट नियमित उडान गर्ने भन्दै समय तालिका तोकेको थियो। नेपालगन्जमा कर्णाली र सुदूरपश्चिमका पाँचवटा विमानस्थल जुम्ला, सिमिकोट, ताल्चा, बाजुरा, रुकुममा नियमित उडान गर्ने तालिका नेपाल एयरलाइन्सले बनाएको छ।

यी विमानस्थलमध्ये सिमीकोट र ताल्चामा आइतबार, मंगलबार, बिहीबार र शुक्रबार गरी हप्तामा चारपटक, बाजुरामा सोमबार, मंगलबार र शुक्रबार गरी तीनपटक, जुम्लामा आइतबार र बिहीबार गरी हप्तामा दुईपटक, रुकुममा मंगलबार र शुक्रबार गरी हप्तामा दुईपटक उडान तालिका तोकिएको छ।

तालिकाअनुसार बुधबारसम्म आठवटा मियमित उडान हुनुपर्नेमा मात्र दुईवटा नियमति उडान गरियो। बरु आठवटा चार्टर उडान गरियो। आइतबार भने जुम्लामा नियमित उडान भयो। त्यसपछि सोमबार बाजुराको नियमित उडान भएन। बरु सिमीकोटमा नियमित उडान गरियो। सोमबार नै ताल्चा विमानस्थलमा दुईवटा चार्टर उडान गरियो।

मंगलबार तोकिएको बाजुरा, सिमीकोट, ताल्चा र रुकुमको नियमित उडान गरिएन। बरु मंगलबारका दिन सिमीकोटमा एउटा र ताल्चामा एउटा चार्टर उडान गरियो। बुधाबार कुनै पनि नियमित उडानको तालिका तोकिएको थिएन। यस दिन सिमीकोटमा दुईवटा, ताल्चामा एकवटा र रुकुममा एउटा चार्टर उडान गरियो। यसरी बल्लबल्ल भए पनि उडानका लागि टिकट पाएका र पालो कुरेर बसेका नागरिकलाई नेपाल एयरलाइन्सले ठगेको छ।े नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्