Logo

भरतपुर महानगरको मेयरमा कांग्रेसका आकांक्षीहरुको मनोनयन दर्ता आज र भोलि हुँदै



काठमाडौं, २७ चैत्र । चितवनस्थित भरतपुर महानगरको मेयर नेपाली कांग्रेसले पाउने पर्ने माग गर्दै जिल्लाका नेताहरु नेतृत्वलाई दबाब दिन काठमाडौं आएका छन् । जिल्लाका शिर्ष नेताहरु काठमाडौं आएको समयमा उता भने जिल्ला कांग्रेसको तर्फबाट आकांक्षीहरुले मनोनयन दर्ता गर्ने भएका छन् ।

कांग्रेस भरतपुर महानगर कमिटीले जिल्ला पार्टी कार्यालय कमलनगर नारायणगढमा मेयर तथा उपमेयरका आकांक्षीहरुलाई आज र भोलिको लागि मनोनयन दर्ता समय दिएको हो ।

आइतबार बिहान ११ बजेबाट सुरु हुने मनोनयन दर्ता सुरु हुँदैछ । महानगरको मेयरको लागि दर्ता शुल्क ३ हजार र उपमेयरको दर्ता शुल्क २ हजार रुपैयाँ तोकिएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot