Logo

एकीकृत समाजवादीको घोषणापत्रको मस्यौदा पारित, नेपालको संयोजकत्वमा ११ सय ११ निर्वाचन परिचालन कमिटी गठन



काठमाडौं, २७ चैत्र । सत्तारुढ दल नेकपा (एकिकृत समाजवादी)ले स्थानीय तह निर्वाचनको जारी गर्ने घोषणापत्रको मस्यौदा पारित गरेको छ । हिजो र आज बसेको पार्टी केन्द्रीय सचिवालको बिसौ बैठकले स्थानीय निर्वाचन घोषणा पत्र–२०७८ को मस्यौदामा छलफल गरी सुझावसहित पारित गरेको हो ।

आज सम्पन्न भएको पार्टीको बैठकले ११ सय ११ जनाको निर्वाचन परिचालन कमिटी गठन समेत गरेको छ ।

अध्यक्ष माधव कुमार नेपालको संयोजकत्वमा केन्द्रीय कमिटी, तिनैवटा केन्द्रीय आयोग, केन्द्रीय सल्लाहकार परिषद् र केन्द्रीय जेष्ठ कम्युनिष्ठ मञ्चका सबै पदाधिकारीहरु लगायतसमेत रहेको मुल निर्वाचन परिचालन कमिटि गठन भएको स्रोतले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्