Logo

सामूहिक यज्ञोपवीत उपनयन विभिन्न अनुष्ठानसहित सम्पन्न



सप्तरी, २७ चैत्र । मैथिल ब्राह्मण महासभा गाँउ इकाइ समिति तिलाठीको ब्यानरमा बुधबार विभिन्न विधिपूर्वक सामूहिक यज्ञोपवीत (उपनयन) सम्पन्न भएको छ । गाउँ एकाइ समितिका अध्यक्ष रविकान्त झा र वडा अध्यक्ष दिनेश्वर मिश्रको अध्यक्षतामा आयोजित कार्यक्रममा मैथिल ब्राह्मण महासभाका केन्द्रीय अध्यक्ष भगवान झा प्रमुख अतिथिको रुपमा उपस्थित थिए ।

कार्यक्रमको संचालन भारत नेपाल मैत्री समाज जोगबनीकी कार्यवाहक अध्यक्ष माला मिश्राले गरिन् । सो अवसरमा विराटनगर, राजविराज, हनुमाननगर, धरान, जनकपुर, जोगबनीलगायत सीमा क्षेत्रबाट आएका पाहुनालाई मैथिल पाग र दोपाटाले स्वागत तथा सम्मान गरिएको थियो ।

सो अवसरमा मैथिल ब्राह्मण महासभाका सचिव इन्द्रदेव मिश्र, जिल्ला अध्यक्ष तथा मैथिल ब्राह्मण महासभा सप्तरीका सचिव राधवेन्द्र मिश्रा केशवकुमार झा, मैथिल ब्राह्मण महासभा युवा समिति विराटनगरका अध्यक्ष मनोज मिश्र, राजविराज नगरपालिकाकी उपमेयर साधना झा, एलएसपी नेता ठाकुर ज्ञवाली लगायतको उपस्थिति रहेको थियो । , जसपा महिला नेतृ रञ्जु ठाकुर, वरिष्ठ पत्रकार जोडी अवधेश झा, जितेन्द्र झा, विवेकानन्द ठाकुर, शिक्षक गायत्री मिश्र, देवेन्द्र झा, श्रुति झा, राजेश मिश्र उर्फ अविनाश, भास्कर शर्मा, नेपाली कांग्रेस सप्तरीका युवा नेता समीर झा, डा अनिल कुमार झा । कन्हैया झा, रामचन्द्र झा, समाजसेवी वरुण मिश्रा लगायतको उपस्थिति रहेको थियो ।

समापन गर्नुअघि प्रमुख अतिथि झाले ब्राह्मण समुदायलाई एकजुट भई यस प्रकारको कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे । उनले समाजका जनतालाई आवश्यक परेमा बिना हिचकिचाहटसँग कुरा गर्ने विश्वास दिलाए । सो अवसरमा समाजमा राम्रो काम गर्ने धेरै व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो ।

यस अवसरमा बटुकबाट ब्राह्मण बनेका सबै अतिथिहरूलाई ब्राह्मण महासभाका केन्द्रीय अध्यक्ष भगवान झालगायत उपस्थित अतिथिहरूले आशीर्वाद दिएका थिए।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot