Logo

एकीकृत समाजवादीले सबै पालिकामा उम्मेदवार सिफारिस गर्ने



काठमाडौं, २७ चैत्र । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)ले स्थानीय तह निर्वाचनका लागि सबै पालिकामा उम्मेदवारहरु सिफारिस गर्ने निर्णय गरेको छ।

पार्टीको केन्द्रीय सचिवालयको शनिबार र आइतबार बसेको बैठकले उम्मेदवार सिफारिस गरेपनि गठबन्धन गर्दा पार्टीले पाएको स्थानमा मात्र उम्मेदवारी दिने निर्णय गरेको हो ।

बैठकले मापदण्ड तय गर्दै उम्मेदवार सिफारिस प्रक्रिया र समय तालिका पास समेत गरेको छ । उम्मेदवार छनोट मापदण्डमा पार्टीको नीति र कार्यक्रमप्रति प्रतिवद्ध रहेको, पार्टीमा योगदान गरेको र विद्रोहमा भुमिका खेलेको लगायतलाई छनोट गर्ने उल्लेख गरिएको छ।



प्रतिक्रिया दिनुहोस्