Logo

वडाध्यक्ष हिरालाल तण्डुकारकी धर्मपत्नीको निधन, प्रकाशमानले कांग्रेसको झण्डा ओढाए



काठमाडौं, २७ चैत । । नेपाली कांग्रेसका नेता एवं काठमाडौं महानगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष हिरालाल तण्डुकार(काका) की धर्मपत्नी विमला तण्डुकारको निधन भएको छ । ६१ वर्षको उमेरमा उनको निधन भएको हो ।

काठमाडौं महानगरपालिका वडा ११ का वडा सदस्य सरोज कुमार मुल्मीका अनुसार तण्डुकार लामो समयदेखि क्यान्सर पीडित थिइन् । मृतक तण्डुकारको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको मुल्मीले जानकारी दिए ।

नेपाली कांग्रेसका पूर्व उपसभापति प्रकाशमान सिंह, बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठले उनको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गरेका थिए । श्रद्धाञ्जलि अर्पणका लागि काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यलगायत पनि पशुपति आर्यघाटमा पुगेका थिए ।

उनको पार्थिव शरीर काठमाडौं महानगरपालिका वडा नम्बर ११ को वडा कार्यालयमा केहीबेर राखेर अन्त्यष्टिका लागि पशुपति आर्यघाट लगिएको हो । पार्टीका नेताहरुले पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गर्दै पत्नी वियोगमा परेका काका हिरालाल तथा शोक सन्तप्त तथा सबै परिवारप्रति धैर्य धारण गर्ने शक्ति प्रदान गरून भन्ने कामना समेत गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot