Logo

पूर्वडिआइजी गणेश केसीसहित महालक्ष्मी नगरपालिकाबाट मेयरको उम्मेदवार सिफारिश १२ जना को को ?



ललितपुर, २७ चैत्र । नेपाली काँग्रेसबाट महालक्ष्मी नगरपालिकामा मेयरको उम्मेदवारमा १२ जनाको नाम सिफारिश भएको छ । काँग्रेस महालक्ष्मी नगरपालिकाले उनीहरुको नाम सिफारिश गरेको हो ।

सिफारिश नामहरु युवापुस्ताका २७ वर्षदेखि पाका पुस्ताका ६० वर्ष कटेका सम्म छन् । पूर्व डिआइजी गणेश केसी, ललितपुर क्षेत्र नं २ का सभापति समेत रहेका महेश खड्का, नगरपालिकाका पुराना नेताहरु पवन विक्रम थापा र महेन्द्र सिंह, काँग्रेसका नगर सभापति दिवाकर सिलवाल, नयाँ पुस्ताका नवीन्द्र देव सिंह, विवेककुमार कार्की र अवशेष श्रेष्ठ, वडा नं ६ का वडाध्यक्ष वासुदेव महर्जन, गणेश सिलवाल, रवीन्द्र महर्जन र सुरेन्द्रलाल महर्जनको नाम सिफारिश भएको छ ।

उपमेयरमा मीना पाठक, यशोधा खड्का, ललिता खनियाँ, लक्ष्मी श्रेष्ठ, लक्ष्मी महर्जन, राधिका सुवेदी, रीना मानन्धर, रीसा श्रेष्ठको नाम सिफारिश भएको छ ।



प्रतिक्रिया दिनुहोस्