काठमाडौं, २७ चैत्र । दीपेन्द्र कँडेल ईनिसिएटीभले छिट्टै घरघरमा कानूनी शिक्षा अभियान सञ्चालन गर्ने भएको छ। ईनिसिएटीभका संस्थापक अध्यक्ष ई. दीपेन्द्र कँडेलले नेपालमा अपराधमुक्त समाज बनाउनको लागि पनि घरघरमा कानूनी शिक्षा अभियान सञ्चालन गर्न लागिएको जनाए ।
कँडेलले प्रत्येक नेपाली नागरिक बिना बर्दीका प्रहरी भएको र सबैको कर्तव्य कानून पालना गर्ने र गराउने हुनुपर्ने बताए । उनले देशमा कानूनी राज्यको स्थापनाको लागि सबैभन्दा पहिले नागरिक नै सचेत हुनुपर्ने पनि धारणा राखेका छन् ।
कानूनको पालनाको लागि राज्यमात्रै बढि जिम्मेवार हुनेभन्दापनि नागकिरस्तरबाटै स्वतस्र्फुत रुपमा कानूनको पालना हुनुपर्नेमा उनले जोड दिए ।
नेपाललाई अपराधमुक्त देश बनाउनको लागि पनि प्रत्येक नागरिकले कानूनी शिक्षा लिन जरुरी रहेको पनि कँडेलले आवश्यकत्ता औंल्याए । यही उद्देश्यका लागि कँडेलले आफ्नो आईएनजिओमार्फत घरघरमा कानूनी शिक्षा नामको सामाजिक अभियान सञ्चालन गर्ने भएका हुन् ।