काठमाडौं, २८ चैत्र । आजदेखि सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनालले अवकाश पाएका छन् । चार वर्षे कार्यकालको कारण खनाल अवकाशमा गएका हुन् । सोमबार खनाल अवकाश भएसँगै सशस्त्र प्रहरी बल नेतृत्वविहिन भएको छ ।
स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा सशस्त्रको महानिरीक्षक को टुंगो लगाउन सकेको छैन् । सरकारले २१ दिनको लागि सशस्त्र प्रहरीमा नयाँ नेतृत्वका लागि एकजना चयन गर्ने भएको छ ।
महानिरीक्षकमा एआईजी पुष्पराम केसी र रामशरण पौडेलले दाबी गर्दै आएका छन् । उनीहरु दुवैजना उमेर हदका कारण बैश्ँख् १९ गते अवकाशमा जाँदैछन् ।