Logo

आर्थिक संकटकाल घोषणा गरी चुनाव सार्ने ध्याउन्नामा गठबन्धनः एमाले नेता रिमाल



काठमाडौं, २८ चैत्र । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले गोविन्द बन्दीलाई चुनाव सार्ने योजना बुन्न कानूनमन्त्री बनाइएको आरोप लगाएका छन् । उनले बन्दीलाई गैर सांसद मन्त्री भन्दै चुनाव सार्ने कानूनको जालो बुँदा खोजिरहेको आरोप लगाएका हुन् ।

‘चुनाव सार्न छिद्र पहिचान गर्ने टिओआर मा बनाइएका गैरसांसद कानून मन्त्री कानूनका जाली बुँदा खोज्दै छन्,’ एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र रिमालले फेसबुकमा लेखेका छन् । उनले विप्लव समूहका नेताहरु निर्वाचन सार्ने अनुरोध गरिरहेको भन्दै माधव नेपालले पनि त्यस्तै संकेत गरेको टिप्पणी गरे ।

गठबन्धनलाई ठगबन्धनवालाहरुको संघा दिदै चुनाव सार्नकै लागि गभर्नरमाथि धावा बोलिएको आरोप लगाए । उनले भने, ‘आर्थिक संकटकाल घोषणा गरी चुनाव सार्ने ध्याउन्नामा गठबन्धनवालाहरु छन् ।’



प्रतिक्रिया दिनुहोस्