Logo

विमानस्थलबाट कम्मरमा सुन लुकाउने तीन नेपाली पक्राउ



काठमाडौं, २८ चैत्र । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीनजना पक्राउ परेका छन् । साउदी अरेबियाबाट आएका तीन जना नेपालीलाई सुनसहित पक्राउ गरेको प्रहरीले जनाएको छ।

एयर अरेवियाको उडानबाट काठमाडौं आएका रसुवा नौकुण्ड–१ का ३२ वर्षीय सुकुराम लामा, नौकुण्ड–६ २७ वर्षीय पेम्बा थोक्रा र २२ वर्षीय बुद्धिमान तामाङलाई सुनसहित प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरीको अनुुसार तीनजनाले शंकास्पद गतिविधि देखाएपछि विमानस्थलको आगमन टनेल गेटमा नियन्त्रण लिएर जाँच गर्दा सुनको सिक्रीहरु अवैध रुपमा लुकाई छिपाई भन्सार छली गरी लैजान लागेको अवस्थामा फेला पारेको हो ।

तीनै जनाको जिन्स पाइन्टको कम्मरको भागमा फल्स बटम बनाई राखिएको दुई/दुई थान सुनको सिक्री फेला परेको हो ।

उनीहरुमध्ये एकजनाले बोेकेको ९९.९६ ग्राम सुनको मूल्य ८ लाख ५३ हजार २०८ रुपैयाँ हुन्छ ।



प्रतिक्रिया दिनुहोस्