Logo

बैकिङ प्रणालीमा तरलताको चाप कायम रहेकाले केही समय धैर्य गर्नुपर्छ : कामु गभर्नर ढुंगाना



काठमाडौं, २८ चैत्र । नेपाल राष्ट्र बैंककी कायम मुकायम गभर्नर निलम ढुंगानाले बैंकिङ क्षेत्र मात्रै नभएर लघुवितमा समेत तरलता र ब्याजदरको समस्या रहेका बताएकी छिन् । उनले बैकिङ प्रणालीमा तरलताको चाप कायम रहेकाले केही समय धैर्य गर्नुपर्ने धारणा राखिन् ।

आज (सोमबार) काठमाडौंमा आयोजित तेस्रो राष्ट्रिय लघुवित सदस्य सम्मेलनमा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले लघुवित तथा समग्र बैंकिङ क्षेत्र नै तरलताको चापबाट गुज्रिरहेकाले सबैले केही समय धैर्य गर्नुपर्ने बताएकी हुन्। तरलता तथा ब्याजदरमा आएको उतारचढाबको कारण समग्र अर्थतन्त्र र जनताले पीडा भोग्नुपरेको उनको भनाई छ। तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्