Logo

घर जाँदै गरेका आइजीपी (फोटोफिचर)



काठमाडौं, २८ चैत्र । नेपाल प्रहरीका आइजीपी शैलेश थापा क्षेत्री र सशस्त्र प्रहरीका आइजीपी शैलेन्द्र खनाल एउटै ब्याची हुन् । नेपाल प्रहरीमा सँगै इन्स्पेक्टरमा भर्ना भएका दुवै सेवानिवृत्त हुँदैछन् ।

क्षेत्री खनालभन्दा २१ दिन पछि सम्म सेवामा रहनेछन् । कारण हो खनाल आइजीपी भएको ४ वर्ष पूरा भएको छ । सशस्त्र प्रहरी नियमावलीमा ४ वर्ष मात्र आइजीपी हुन पाइन्छ । आइजीपी बनेको आज ४ वर्ष पूरा भएकाले खनाल मध्यरातिबाट लागू हुने गरी सेवानिवृत्त हुनेछन् ।

नेपाल प्रहरीका आइजीपी शैलेश थापा क्षेत्री १९ वैशाखमा घर जानेछन् । यसरी एउटै ब्याचीका आइजीपीहरु घर जाने भएपछि गृह मन्त्रालयले बिदाई भेटको आयोजना गरेको छ । गृहमन्त्री बालकृष्ण खाँडले खनाललाई बिदाई गरे । थापालाई भने प्रशंशापत्रसहित मायाको चीनो दिएका छन् । उनको बिदाई भेट वैशाखमा हुने बुझिएको छ ।

तस्बिरहरुः मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्

Screenshot