Logo

पाकिस्तानमा सहबाज सरिफ बने नयाँ प्रधानमन्त्री, १७४ सांसदको समर्थन



काठमाडौं, २८ चैत्र । सहबाज सरिफ पाकिस्तानका नयाँ प्रधानमन्त्री बनेका छन्। आज (सोमबार) नेसनल एसेम्ब्लीमा पाकिस्तान मुस्लिम लिग (नवाज) का सरिफ निर्विरोध प्रधानमन्त्री नियुक्त भएका हुन्।

संसदको सबैभन्दा ठूलो दल इमरान खान नेतृत्वको पार्टी पाकिस्तान पिटिआईका सांसदहरूले निर्वाचन बहिष्कार गरेपछि सरिफ निर्विरोध प्रधानमन्त्री चयन भएका हुन्। सरिफलाई १७४ जना सांसदले समर्थन गरेका थिए ।

३४२ सदस्यीय एसेम्ब्लीमा पिटिआईका १५५ जना सांसद छन्। शनिबार राति इमरानविरूद्धको अविश्वास प्रस्ताव पारित भएपछि उनी पदमुक्त भएका थिए।



प्रतिक्रिया दिनुहोस्