Logo

कर्मचारी मिलन केन्द्र, सर्लाहीको अब आफ्नै सुविधासम्पन्न कार्यालय भवन निर्माण हुने 



बखतियार अलि-सर्लाही २८ चैत्र । कर्मचारी मिलन केन्द्र, सर्लाहीको नवगठित कार्य समितिको पहिलो बैठकले सुविधा सम्पन्न सभा कक्ष सहितको कार्यालय भवन र अतिथि गृह निर्माण गर्ने निर्णय गरेको छ ।
जिल्ला प्रशासन कार्यालय, सर्लाहीको सभाहलमा बसेको  बैठकले मिलन केन्द्रको नाममा मलंगवा नगरपालिका वाड नं.-८ मालपोत कार्यालयको उत्तर पट्टी रहेको सिट नं. १६९/०८८६/१८ कित्ता नं. २६ क्षेत्रफल ०-१-१० धुर जग्गामा आफ्नै भवन निर्माण गर्ने भएको छ ।
आधुनिक डिजाइनको प्रस्तावित भवन करिव २ करोड लागतमा बन्ने अनुमान गरिएको छ । भवन निर्माणको लागि सम्बन्धित निकायमा प्रस्ताव गर्ने मिलन केन्द्रका सचिव सुनिल कुशवाहाले बताए । उनले शुभेच्छुकहरूको रचनात्मक सहयोग र सकारात्मक सुझावहरूलाई मिलन केन्द्रले आत्मसात गर्दै कर्मचारी मिलन केन्द्रलाई सबै राष्ट्रसेवकको आशा र भरोसाको केन्द्रको रूपमा विकास गर्दै लैजाने योजना रहेको बताए ।
त्यसैगरी मिलन केन्द्रले निरन्तर रूपमा सरूवा भई आउने सबै राष्ट्रसेवकलाई स्वागत र सरूवा भर्ई जाने राष्ट्रसेवकलाई फेरी भेटौंला कार्यक्रम मार्फत मायाको चिनो सहित विदाई तथा सेवानिवृत राष्ट्रसेवकलाई कदर पत्र र दोसल्ला ओढाएर विदाई गर्ने निर्णय गरेको छ ।
सोही अनुरूप जिल्ला प्रहरी कार्यालय, सर्लाहीका भर्खरै प्रमुखको जिम्मेवारी पाउनु भएका प्रहरी उपरीक्षक प्रवीण पोखरेल र जिल्ला सरकारी वकिल कार्यालय, सर्लाहीका सहायक न्यायधिवक्ता अनन्त न्यौपानेलाई अविर, माला र गम्छा ओढाएर स्वागत तथा सरूवा भई जान लागेका जिल्ला सरकारी वकिल कार्यालय, सर्लाहीका सहायक न्यायधिवक्ता एवं केन्द्रका सदस्य रमेश पोखरेललाई अविर, माला र गम्छा ओढाएर विदाई गरे ।
मिलन केन्द्रले आफ्नो वार्षिक योजना तथा कार्यक्रम सहितको यही आउँदो २०७९ सालको भित्ते पात्रो प्रकाशन, खाताधारी परिवर्तन र बलरा बहुउद्देश्यीय प्राविधिक शिक्षालयका प्रमुख निरज चौधरीलाई आमन्त्रित सदस्य तथा सरूवा भई जान लागेका केन्द्रका सदस्य रमेश पोखरेलको ठाउँमा अनन्त न्यौपानेलाई सदस्यमा मनोनयन गरेको छ ।
बैठकमा कर्मचारी मिलन केन्द्र, सर्लाहीको मिति २०७८ फाल्गुन २८ गतेको साधारण सभाबाट नव गठित कार्य समितिका पदाधिकारीहरूलाई प्रमाण-पत्र हस्तान्तरण गरेको थियो ।
बैठकमा मन्तव्य राख्दै प्रहरी उपरीक्षक प्रवीण पोखरेलले शान्ति सुरक्षा सम्बन्धी विषयमा रचनात्मक सहयोग र सकारात्मक सहकार्य गर्न राष्ट्रसेवक कर्मचारीसँग अनुरोध गरे ।
मिलन केन्द्रले आफ्नै कार्यालय भवन निर्माण गर्नका लागि  गरेको निर्णय ऐतिहासिक भएको भन्दै मिलन केन्द्रको सम्बर्द्धन र विकासमा कोसे ढुंगा सावित हुने केन्द्रका संरक्षक/ प्रजिअ थानेश्वर गौतमले भने । उनले भवन निर्माणसँगै केन्द्रले थप गति लिने बताए ।
मिलन केन्द्र अध्यक्ष रामदरेश राय यादवले मिलन केन्द्रलाई कर्मचारीहरूको मिलन विन्दु बनाउने बताए । उनले भने- मिलन केन्द्रले राष्ट्रसेवक कर्मचारीको पेशागत हकहितका लागि थप रचनात्मक कार्य गर्नेछ । यसका लागि सबैको साथ र सहयोगको अपेक्षा गरे ।
केन्द्रका सल्लाहकार सहसचिव विशाल घिमिरेले नव गठित कार्य समितिलाई मिलन केन्द्रको कार्य सम्पादक गर्न प्राविधिक तथा प्राज्ञिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
बैठकमा केन्द्र सल्लाहकार सहसचिव विशाल घिमिरे, संरक्षक एवं प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, प्रमुख सेनानी अभिषेक कार्की, प्रहरी उपरीक्षक प्रवीण पोखरेल, सशस्त्र प्रहरी उपरीक्षक भरत खानियाँ, उप अनुसन्धान निर्देशक मनिषलाल कर्ण, केन्द्रका अध्यक्ष रामदरेश राय यादव, वरिष्ठ उपाध्यक्ष होमनाथ सुवेदी, उपाध्यक्ष गोपाल प्रसाद गौतम, सचिव सुनिल कुशवाहा, सहसचिव ममता कुमारी यादव, कोषाध्यक्ष रामस्वार्थ महतो, सदस्यहरू क्रमशः रमेश पोखरेल, विजय कुमार रेग्मी, जितेन्द्र कुमार गुप्ता, नन्दकिशोर कुशवाहा, रञ्जय कुमार महतो, शत्रुधन कुमार यादव, कृष्ण गिरी, चन्द्रकान्त झा, मुकेश यादव, पवन कुशवाहा लगायतको उपस्थिति थियो। बैठक केन्द्रका अध्यक्ष रामदरेश राय यादवको अध्यक्षता बसेको थियोे ।



प्रतिक्रिया दिनुहोस्