Logo

सेनाको विद्यालयमा अध्ययनरत विद्यार्थी एक सातादेखि बेपत्ता



काठमाडौं, चैत २९ । भक्तपुरस्थित नेपाली सेनाको वीरेन्द्र सैनिक स्कूलमा अध्ययनरत एक विद्यार्थी चैत २० गतेदेखि बेपत्ता छन् । प्रहरीमा कार्यरत ओखलढुंगा रानीवन निवासी सूर्य बोगटीका छोरा शिव बोगटी हराइरहेका हुन् ।

विद्यालयको छात्रावासमा बसेर कक्षा ९ मा अध्ययनरत शिव चाँगुनारायणस्थित घरबाट पढ्न जान्छु भनी निस्किएका थिए । विद्यालयले शिव विद्यालयमा नुपस्थित भएपछि अभिभावकलाई खवर गरेको थियो । होस्टेल जान्छु भनेर घरबाट एक साताअघि नै निस्केका बोगटी कहाँ छन पत्तो छैन् ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता डीएसपी राजु पाण्डेले वेपत्ता बोगटीको खोजी भईरहेको जनाएका छन्। शिवको बारेमा जानकारी पाएकाहरुसंग परिवारले चन्द्र कुमार बोगटीको मोबाईल नम्बर ९९८४९६९९३२६, ९८४०१०९७५५० वा महानगरीय प्रहरी परिसर भक्तपुरको फोन नम्बर ९८५१२०५३५७, १००, ९८५१२८३०२० मा फोन गरेर जानकारी गराईदिन समेत अनुरोध गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot