Logo

रगतमा सिसा बढ्दा जोखिममा बालस्वास्थ्य



काठमाडौं, चैत २९ । तपाईंका बालबालिकाको दैनिक स्मरण क्षमता घटिरहेको छ? बालबालिका सुस्त बन्दै गइरहेका छन्? यस्तो समस्या देखिएको छ भने उनीहरूको रगतमा घातक रसायन लेड (सिसा) को मात्रा बढेको हुन सक्छ।

पछिल्ला अध्ययनले बालबालिकाको शरीरमा लेडको मात्रा बढेको देखाएका छन्। गत साता विश्व स्वास्थ्य दिवसको अवसरमा वातावरणविद्ले वातावरणीय प्रभाव र गलत जीवनशैलीका कारण बालबालिकाको रगतमा लेडको मात्रा बढ्दै गएको औंल्याएका थिए। उनीहरूले लेडका कारण बालबालिकाको स्वास्थ्य गम्भीर जोखिममा रहेको चेतावनीसमेत दिएका छन्।

सन् २०१७/१८ मा सामुदायिक डाइग्लोस्टिक सेन्टरले वीरगन्ज र काठमाडौंका सयजना बालबालिकालाई सहभागी बनाई एक अध्ययन गरेको थियो। जसबाट काठमाडौंका सतप्रतिशत बालबालिकाको रगतमा लेडको मात्रा पाइएको थियो भने वीरगन्जका ८० प्रतिशतमा लेडको मात्रा भेटिएको थियो।

त्यसैगरी युनिसेफले सन् २०१५/१६ मा गरेको अध्ययनले ६५ प्रतिशत बालबालिकाको रगतमा लेडको मात्रा फेला पारेको थियो। रगतमा लेडको मात्रा २.५ मिलिग्राम प्रतिडेसिलिटरभन्दा बढी हुनुहुँदैन तर नेपालका बालबालिकामा ५ मिलिग्राम प्रतिडेसिलिटरभन्दा बढी पाइएको हो। परीक्षण भएका सबैजसो बालबालिकामा ५ मिलिग्राम प्रतिडेसिलिटर लेड पाइएको अध्ययनले औंल्याएका छन्। रगतमा लेडको मात्रा नेपालसहित दक्षिण एसियाली मुलुकका नागरिकमा अति उच्च भेटिएको छ।

युनाइटेड इन्भाइरोमेन्ट प्रोटेक्सन एजेन्सीले मानव स्वास्थ्यका लागि रागतमा लेडको मात्रा २.५ मिलिग्राम प्रतिडेसिलिटरभन्दा माथि हुन नहुने गरी मापदण्ड तोकेको छ। जब कि बालबालिकामा लेडको मात्रा ५ मिलिग्राम प्रतिडेसिलिटरसम्म भेटिएको आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot