Logo

यती एयरलाइन्सले ल्यायो नयाँ वर्ष लक्षित यात्रु बिमा सुविधा



काठमाडौं, २९ चैत्र । यती एयरलाइन्सले नयाँ वर्ष २०७९ को अवसरमा सानिमा जनरल ईन्स्योरेन्स कम्पनीसँगको सहकार्यमा ‘यती एक्स्ट्रा केयर’ अफर सार्वजनिक गरेको छ । यतीले आफ्ना यात्रुलाई लक्षित पहिलो पटक यो अफर ल्याएको हो।

एयरलाइन्सका प्रवक्ता एवम् हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले यात्रुहरुलाई सुरक्षित र उत्कृष्ट सेवा प्रदान गर्न ‘एक्स्ट्रा केयर अफर’ अफर ल्याएको बताए । उनका अनुसार यस योजनामा यतीको मोबाइल एप तथा वेबसाइटमार्फत् टिकट खरिद गरी उडान गर्ने यात्रुले ३० दिनसम्मका लागिएक लाखसम्मको दुर्घटना बिमा प्राप्त गर्नेछन्। यो योजना नयाँवर्ष २०७९ बैशाख १ गतेबाट लागू हुनेछ।

उक्त योजनामा यात्रुले जति पटक यात्रा ग¥यो त्यति नै पटक बीमा सुविधा प्राप्त गर्न सक्नेछन्। ३० दिन भित्रको अवधिमा दुई पटकभन्दा बढी यात्रा भएको खण्डमा यात्रा गरेको सबैभन्दा अन्तिम मितिदेखि ३० दिनसम्मको बिमा प्राप्त हुनेछ भने अघिल्लो यात्रा गर्दा प्राप्त गरेको पोलिसी स्वतः रद्द हुँदै जाने यतिले जनाएको छ ।

हालका लागि उक्त अफर ३ महिनाका लागि लागू हुने प्रवक्ता बर्तौलाले बताए। उक्त अफर अहिलेको लागि नेपाली यात्रुलाई मात्र लागू हुने र प्राथमिकता हेरेर आगामी दिनमा म्याद थप हुने कम्पनीले दाबी गरेको छ ।

बिमा प्राप्त गरेका यात्रुको विमा अवधिमा दुर्घटना भएमा औषधी उपचारका लागी १० हजार रुपैयाँसम्म र मृत्यु भएमा बीमाङ्कको शत प्रतिशत रकम प्राप्त गर्नेछन्। बिमा दाबी सम्बन्धी सर्वाधिकार बिमा समितिको पोलिसी अन्तर्गत सानिमा जनरल ईन्स्योरेन्स कम्पनीमा निहित हुने एयरलाइन्सले जनाएको छ। यतीले भविष्यमा पनि यस्ता अफर ल्याउँदै जाने बताएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot