काठमाडौं,२९ चैत्र । सत्तारुढ दल नेपाली कांग्रेसले आगामी स्थानीय चुनावका लागि घोषणापत्र बनाउन नेता, कार्यकर्ता र सर्वसाधारणसँग पनि सुझाव माग गरेको छ ।
पार्टीले स्थानीय तहको घोषणापत्रमा समेटिनुपर्ने विषयबारे सर्वसाधारणबाट पनि सुझाव माग गरेको हो ।
साथै पार्टीले घोषणापत्र छलफल गर्न कांग्रेसले बुधबार पार्टी केन्द्रीय कार्यसम्पादन समितिकिो बैठक पनि बोलाएको छ ।
आगामी बैशाख ३० गते हुने निर्वाचनका लागि कांग्रेसले केन्द्रबाट घोषणा पत्र र पालिका र वडाबाट प्रतिवद्धता पत्र सार्वजनिक गर्ने तयारी गरेको छ ।