Logo

अमेरिकाले विमान चार्टर्ड गरेर ८ नेपाली फिर्ता पठायो



काठमाडौं, २९ चैत्र । गैरकानुनी रुपबाट अमेरिका पुगेका ८ जना नेपालीलाई अमेरिकाले नेपाल फर्काएको छ । अमेरिकी सरकारले विमान चार्टर्ड गरेर ८ जनालाई नेपाल ल्याएर छाडेको अध्यागमन विभागले जनाएको छ ।

उनीहरुलाई गल्प स्ट्रिम जहाजको भिएन ७४० एसएसले नेपाल ल्याएको थियो । उनीहरु दुबई, रसिया, कोलम्बिया, मेक्सिको हुँदै अमेरिका छिरेका थिए । उनीहरु कुनै कागज बिनै अमेरिका पुगेपछि त्यहाँको प्रहरीले थुनामा राखेको थियो ।

उनीहरुलाई गैरकानुनी रुपबाट अमेरिका पुगेका उनीहरुलाई लैजाने वा पठाउने दलालको खोजी भइरहेको प्रहरीले जनाएको छ । दलालीहरुले उनीहरुलाई गाडी, पानी जहाज गर्दै अमेरिका पुर्याएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot