Logo

चिर्पट प्रहार गरेर श्रीमतीको हत्या



उदयपुर, २९ चैत्र । आफ्नै श्रीमती ३८ वर्षीया नानुमाया दाहालको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ परेका छन् ।

नानुमाया दाहालको हत्या गरेको अभियोगमा कटारी नगरपालिका–५ सिसाघारी बस्ने ४२ वर्षीय पोष्टराज दाहाललाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

पोष्टराजले बसिरहेको अवस्थामा चिर्पटले प्रहार गर्दा नानुमायाको घटनास्थलमै मृत्यु भएको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्