Logo

बलेफी हाइड्रोपावरको आईपीओ बाँडफाँट



काठमाडौं २९ चैत । बलेफी हाइड्रोपावरको आईपीओ बाँडफाँट भएको छ ।

कम्पनीको शेयर निकासन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा मंगलवार बिहान गोलाप्रथामार्फत आईपीओ बाँडफाँट भएको हो ।

उक्त बाँडफाँटमा कुल १ लाख ६६ हजार ३४५ जनाले शेयर हात पारेका छन् । जसमध्ये १ लाख ६६ हजार ३४२ जनाले १० कित्ता र ३ जना भाग्यमानीले ११ कित्ताका दरले शेयर पाएका छन् । कुल २१ लाख ७१ हजार ७४० जनाले आवेदन दिएकोमा ३ हजार ६४० जनाको आवेदन रद्द भएको थियो । रितपूर्वक आवेदन दिएका २१ लाख ६८ हजार १०० जना आवेदकलाई गोला प्रथामा सहभागी गराइएको हो ।

कम्पनीले सर्वसाधारणका लागि विक्री गरिने कुल कित्ता शेयरमध्ये ४ प्रतिशत अर्थात् ७३ हजार ११९ कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् ९१ हजार ३९८ कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी १६ लाख ६३ हजार ४५३ कित्ता शेयर सार्वजनिक निष्कासनमार्फत विक्रीमा ल्याएको हो ।

उक्त आईपीओमाा अन्तिम दिन सम्ममा २२ लाख ६९ हजार ४१६ जनाले २ करोड ६२ लाख २२ हजार ९७० कित्ताका लागि आवेदन दिएका थिए । यस आधारमा कम्पनीले निष्कासन गरेको आईपीओमा मागभन्दा १५ दशमलव ७६ गुणा आवेदन परेको थियो ।



प्रतिक्रिया दिनुहोस्