एजेन्सी, २९ चैत्र । बलिउड अभिनेता रणबीर कपुर र अभिनेत्री आलिया भट्ट अप्रिल १७ मा पाली हिलको आरके हाउसमा विवाह बन्धनमा बाँधिदैछन् । यो त्यही ठाउँ हो जहाँ रणवीरका बुवा ऋषि कपुर र नीतु सिंहले ४२ वर्षअघि विवाह गरेका थिए ।
यी बाहेक कपूर परिवारका धेरै राम्रा सम्झनाहरू यस ठाउँसँग जोडिएका छन्। यस बंगलाको शिलान्यास ७६ वर्षअघि शौमेन राज कपूरले गरेका थिए । उनले यो घर आफ्नी श्रीमती कृष्णाका लागि बनाएका हुन् । आरके हाउस बाहेक, बंगलालाई कृष्णराज बंगला पनि भनिन्छ।
राज कपूरले आरके स्टुडियोको ठीक पछाडि १९४६ मा आरके कोटेज बनाएका थिए। ३ हजार स्क्वायर फिटमा बनेको यो कुटीरमा राज आफ्नी श्रीमती कृष्णा र पाँच छोराछोरी रणधीर, रितु, ऋषि, राजीव र रीमासँग बस्थे । बुबा र आमा पछि, ऋषि कपुर आफ्नो परिवारसंग यो बंगलामा बस्न थाले। जब रणवीर कट्रिना कैफसँग बस्न घर छोडे, ऋषि र नीतु पनि केही महिनापछि अर्को घरमा सरेका थिए।
राज कपूरका जेठा छोरा रणधीर कपूर र अभिनेत्री बबिताको विवाह यही कुटीरबाट भएको थियो । सन् १९८० मा ऋषि कपुर र नीतु सिंहको विवाह हुँदा यस आरके कुटीजको नाम परिवर्तन गरी कृष्ण राज बंगला राखिएको थियो । पाली हिलको यो बंगला एउटा ल्यान्डमार्क हो, जसलाई धेरैले अझै पनि आरके हाउस भन्छन्। रणधीर कपूरकी छोरी करिश्मा र ऋषि कपूरकी जेठी छोरी रिद्धिमाको पनि यही ठाउँमा विवाह भएको थियो ।
राज कपूरका छोरा ऋषि कपूर १५ वर्षअघि आरके हाउस बेच्न चाहन्थे । यस समयमा यसको मूल्य लगभग ४० करोड थियो। उनी बंगला भत्काएर यहाँ १५ तले अपार्टमेन्ट बनाउन चाहन्थे । तर उनकी आमा र दिदीबहिनीले यो कुरा मानेनन् ।
सन् २०१६ मा ऋषि कपुर र नीतु सिंहले यो बंगला भत्काउन बीएमसीबाट अनुमति लिएका थिए । अनुमति पाएलगत्तै यो बंगला १५ तले भवन भत्काउने काम भइरहेको छ । यसमा बेसमेन्ट र भुईं फ्लोर पछि ६ तलाको पार्किङ बनाइने छ जहाँ कपूर परिवारका करिब ४५ वटा गाडी पार्क गर्न सकिनेछ । यसबाहेक ७ तल्लामा बस्नका लागि सबै सुविधासहितको विलासी अपार्टमेन्ट तयार भईरहेको छ ।
नीतु कपुरले आफ्नो सुपरिवेक्षणमा यो भवनको काम गराइरहेकी छिन् । तर, पछिल्लो एक वर्षदेखि आलिया पनि नीतु र रणवीरसँग यही ठाउँमा देखिएकी छिन् ।