Logo

किन फेरिए भरतपुरका मुख्य निर्वाचन अधिकृत ?



काठमाडौं, २९ चैत्र । भरतपुर महानगरपालिकामा देशकै ध्यान छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी रेनु दाहालले यसअघि चुनाव जितेको क्षेत्र हो भरतपुर । यसपटक पनि रेनुलाई नै उम्मेदवार बनाउने तयारीमा छन् प्रचण्ड ।

भरतपुरमा यसअघि रेनुले चुनाव जित्दा विवाद भएको थियो । एमालेका देवी ज्ञवालीले मतदानमा अगाडि हुँदा मतपत्र च्यातिनाले पुनः चुनाव भएको थियो । पुनः चुनावपछिको मतगणनामा रेनु दाहाल विजयी भएकी थिइन् ।

यसपटक पनि रेनु उम्मेदवार भएमा विपक्षीको कडा चुनौतीको सामना गर्नुपर्ने भएको छ । यसकारण पनि भरतपुरमा ध्यान बढेको हो ।

भरतपुरमा ध्यान बढी गइरहँदा मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी फेरिएको छ । यसअघि जिल्ला न्यायाधीश हेमन्त रावललाई मुख्य निर्वाचन अधिकृत बनाइएकोमा हटाएर प्रकाशकुमार अधिकारीलाई प्रमुख निर्वाचन अधिकृत तोकिएको छ । अधिकारी वरियतामा चौंथो नम्बरमा छन् ।



प्रतिक्रिया दिनुहोस्