Logo

दुल्लुको बजेट कार्यकर्ता र जनप्रतिनिधिको मोजमस्तीमा खर्च भएको ज्ञानेन्द्र शाहीको आरोप



दैलेख, २९ चैत्र । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले विगत र वर्तमान दुल्लु उस्तै रहेको बताएका छन् । दुल्लुस्थित पटांगिनीमा पार्टीले आयोजना गरेको चुनाव लक्षित कार्यक्रमलाई संवोधन गर्दै शाहीले दुल्लुमा विकास नभएको र धुलोले दिउँसै रात परेको उल्लेख गर्दै विकासले गति लिन नसकेको भन्दै जनप्रतिनिधीको कडा आलोचना गरेका हुन् ।

शाहीले गणतन्त्रमा लुटतन्त्र मच्चिरहेको भन्दै दुल्लु ऐतिहासिक क्षेत्र तथा पवित्र भूमि भएको भएपनि आएको बजेट कार्यकर्ता र जनप्रतिनिधिको मोजमस्तीमा खर्च भएको जिकिर गरे ।

सम्बोधनका क्रममा उनले राष्ट्रिय प्रजातन्त्र पार्टीले विकासको रणनीति लिएकोले सबैले बेलैमा सोच्नु पर्नेमा जोड दिए ।



प्रतिक्रिया दिनुहोस्