Logo

लाइभ रुसी टीभीमा युद्धको विरोध गरेकी पत्रकारलाई जर्मन टीभीमा जागिर



एजेन्सी, २९ चैत्र । रुसी टेलिभिजन च्यानलमा भिडियो सम्पादक रहँदा मारिना ओभसानिकोभाले लाइभ कार्यक्रम चलिरहँदा युक्रेन युद्धको विरोध गरिन् । उनले रुसको युक्रेनविरुद्धको हमलाको विरोध गर्दै टीभीमा गरेको प्रदर्शन विश्वव्यापी चर्चामा आयो । त्यसपछि उनी कारबाही परिन् ।

मारिनालाई अहिले जर्मन टेलिभिजन वेल्टले जागिर दिएको छ । ४३ वर्षीया मारिनालाई रुस र युक्रेनबीचको युद्धको कभरेज गर्ने गरी जिम्मेवारी दिएको छ ।

मारिनाले युद्ध रोक्न माग गर्दै रुसी जनता युद्धको विरुद्ध रहेको पोष्टर प्रदर्शन गरेकी थिइन् । त्यसपछि उनले टेलिभिजन च्यानलबाट राजीनामा दिएकी थिइन् ।



प्रतिक्रिया दिनुहोस्