Logo

काठमाडौंमा दुई सय जना बस्ने खुल्ला ठाउँ छैन्ः मन्त्री झाँक्री



काठमाडौं, २९ चैत । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सार्वजनिक जग्गाको अतिक्रमण बढिरहँदा काठमाडौँलगायत सहरी क्षेत्रमा दुई सय जना बस्ने खुल्ला ठाउँ पनि नहुने अवस्था आएको बताएकी छिन् ।

सहरी विकास मन्त्रालयले आज आयोजना गरेको राष्ट्रिय सहरी नीति, सहरी विकास ऐनर युटिलिटी कोरिडोर ऐन तर्जुमा सम्बन्धि परामर्श गोष्ठीमा उनले यस्तो बताएकी हुन् ।

मन्त्री झाँक्रीले एकीकृत सहरी विकासका लागि ऐन र नीति आवश्यक रहेकाले त्यसको तयारी अघि बढाइएको बताइन् । खोलामा घर बनाएकाले अहिले घरभित्र खोला पसेको उनले बताइन् ।



प्रतिक्रिया दिनुहोस्