Logo

आ–आफ्नै अडानमा गठबन्धन दल



Reporters Club Nepal Logo

गोरखा, चैत ३० । गोरखामा गठबन्धन दलहरूबीच चुनावी तालमेलबारे छलफल नै हुन सकेको छैन। यसअघिको निर्वाचनमा ११ मध्ये नौ पालिका जितेको कांग्रेस गठबन्धन भएको हकमा ती नौवटै आफूले पाउनुपर्ने अडानमा छ। दुईवटा गाउँपालिका जितेको नेकपा माओवादी केन्द्र सबै तहमा आफू दोस्रो शक्ति भएकाले नगरसहित थप पालिका आफूले पाउनुपर्ने दाबी गरेको छ।

पहिलो र दोस्रो शक्तिको रूपमा रहेका कांग्रेस र माओवादीबीच नै कतिवटा पालिका लिने भन्नेमा छलफल हुन सकेको छैन। गठबन्धनभित्रको तेस्रो शक्तिको रूपमा गोरखामा रहेको जनता समाजवादी पार्टीले तीनवटा पालिकाका प्रमुख र उपप्रमुखका साथै २५ वटा वडाध्यक्षमा आफ्नो दाबी प्रस्तुत गरेको छ।

गठबन्धनकै अर्को दल नेकपा (एकीकृत समाजवादी)ले हैसियतअनुसार प्रतिनिधित्व पाउनुपर्ने माग गरेको छ। जिल्लाको मात्र नभएर देशभरको अवस्थालाई ध्यान दिएर तालमेल गर्नुपर्ने माग एकीकृत समाजवादीको छ।

दलहरूको आआफ्नै अडानका कारण गठबन्धनभित्र भागबन्डा मुस्किल पर्ने देखिएको छ। कांग्रेस र माओवादीबीच गठबन्धन भएको खण्डमा सबै पालिकामा बलियो बन्ने देखिन्छ। अघिल्लो चुनावको मतान्तर हेर्ने हो भने कांग्रेस र माओवादीको गठबन्धनले सबैजसो स्थानीय तहमा नतिजा आफ्नो पक्षमा पार्न सक्छ। तर दुवै पार्टीभित्र एकअर्कोसँग गठबन्धन नगर्न जिल्ला स्तरका नेतालाई कार्यकर्ताको चर्को दबाब छ। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot