Logo

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै



काठमाडौं, चैत ३० । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय ललितपुरमा अपराह्न २ बजे बस्ने समितिको बैठकले स्थानीय तह निर्वाचनको घोषणापत्रलाई अन्तिम रुप दिइने बताइएको छ ।

यस्तै आजको बैठकमा केन्द्रीय संसदीय समिति र भ्रातृ संस्थाबारे पनि छलफल हुने बुझिएको छ । पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बैठकसम्बन्धी सूचना नै जारी गरेर केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरुलाई बैठकमा उपस्थित हुन सर्कुलर जारी गरेका थिए ।

यसअघि चैत १४ गते कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेको थियो ।



प्रतिक्रिया दिनुहोस्