काठमाडौं, ३० चैत्र । प्राइम कमर्सियल बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन हो । चैत १६ गतेदेखि विक्री खुला गरेको कम्पनीको ऋणपत्र खरीदका लागि आवेदन दिने छिटो अवधि चैत २१ गते रहेपनि माग बमोजिम आवेदन नपरेका कारण ढिलो अवधि अर्थात् आज ३० गतेसम्म विक्री खुला गरेको थियो ।
कम्पनीले प्रतिकित्ता १ हजार अंकित मूल्यका २ अर्ब ५० करोड बराबरको २५ लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । बैंकले निष्काशन गरेको ऋणपत्रको नाम ‘१० प्रतिशत प्राइम डिबेन्चर २०८८’ रहेको छ ।
१ अर्ब ५० करोड बराबरको १५ लाख कित्ता भने व्यक्तिगत तवरबाट विभिन्न संघसंस्थाहरुलाई विक्री गर्ने भएको छ । १० लाख कित्ता बैंकले सर्वसाधारणले आवदेन दिन पाउनेछन् ।