काठमाडौं, ३० चैत्र । बैंक अफ काठमाण्डूले ल्याण्डमार्क होटलबीच सम्झौता गरेको छ । सम्झौतापछि बैंकका ग्राहकले ल्याण्डमार्क होटलमा छुट पाउने भएका छन् ।
बैंक र होटलबीच भएको सम्झौता अनुसार बैंकको डेबिट कार्ड, क्रेडिट कार्डबाट पीओएस तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा १२ दशमलव ५ प्रतिशत छुट हुने छ ।
नयाँ वर्ष २०७९ लाई लक्षित गरी बैंकका ग्राहकले ल्याण्डमार्क होटल पोखरा र चितवनमा उपलब्ध हुने प्याकेजमा १२ दशमलव ५ प्रतिशतको विशेष छुट पाउने भएका हुन् । उक्त छुटको उपयोग गर्नको लागि ग्राहकहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ ।
हालसम्म बैंक अफ काठमाण्डूले ९७ शाखा कार्यालयहरु, ८७ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट सेवा प्रदान गर्दै आइरहेको छ ।