काठमाडौं, ३० चैत्र । रौतहटको श्री बिश्वेश्वर प्रसाद कोइराला आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक राकेश कुमार ठाकुरलाई अख्तियारले नियन्त्रणमा लिएको छ।
प्रधानाध्यापक ठाकुरले करार अवधि थप गर्नको लागि सेवाग्राहीसँग घुस माग गरिरहेको उजुरीका आधारमा अख्तियारले नियन्त्रणमा लिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले ठाकुरसहित दिपेन्द्र सर्जिकल पसलका संचालक दिपेन्द्र कुमार झालाई ३ लाख रुपैयाँ सहित नियन्त्रणमा लिएको हो ।
घुस लिइसकेको अवस्थामा उक्त रकमसहित जिल्ला रौतहट, यमुनामाई गाउँपालिका वडा नं. ४, सरुअठ्ठा स्थित चन्द्रनिगाहपुर, गौरबाट आज उनीहरु दुवैजनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारका प्रवत्ता श्यामप्रसाद भण्डारीले जनाएका छन् ।