Logo

आईसीसीको एकदिवसीय अन्तर्राष्ट्रिय वरीयतामा नेपालको स्थान यथावत



काठमाडौं, ३० चैत । नेपाली राष्ट्रिय क्रिकेट टिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको नयाँ वरीयतामा यथावत रहेको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले मंगलबार सार्वजनिक गरेको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको नयाँ वरीयतामा नेपाल यथावत रहेको हो ।

आईसीसीको नयाँ वरियतामा १८औं स्थानमा रहेको छ ।

मार्च महिनामा भएको ६ एकदिवसीय खेलमा नेपालले २ जित र ४ हार व्यहोरेको थियो ।



प्रतिक्रिया दिनुहोस्