Logo

डा.संग्रौलाको टिप्पणी– नेपालको स्वतन्त्रता ‘निर्देशीत स्वतन्त्रता’मा परीणत भयो



काठमाडौं, ३० चैत । प्रोफेसर डा. युवराज संग्रौलाले नेपालको स्वतन्त्रता ‘निर्देशीत स्वतन्त्रता’मा परीणत भएको टिप्पणी गरेका छन् ।

उनले सामाजिक सञ्जाल मार्फत यस्तो टिप्पणी गरेका हुन् ।

नेपालका लागि भारतिय राजदुत विनय मोहन क्वात्राको विदाईमा नेपालका बहालवाला प्रधानमन्त्री सहित सबै दलका उच्च नेताहरुको सहभागिता रहेको तस्विर सामाजिक सञ्जालमा सेयर गर्दै उक्त टिप्पणी गरेका हुन् ।

उनले लेखेका छन्,‘नेपाल एउटा सार्भभौम देश हो । उनका सहसचिव बाट सचीव हुन लागेको भारतिय सरकारको कर्मचारी हो । बहालवाला प्रधानमन्त्री, पुर्व प्रधानमन्त्री पुर्व सभामुख लगाएत तस्बिरमा नदेखीएका अनेकौं मनुवाहरु ले के बुझ्नु पर्थ्यो भने नेपाल भारतको एक प्रान्त होइन । तपाईंहरुका हर्कतले कहिले सम्म नागरिकको नागरिकको शीर झुकीरहने हो ? लाग्छ देशको हुर्मत लिनु राजनीति हो । यस्ता घटनाले नेपालको स्वतन्त्रता ‘निर्देशीत स्वतन्त्रता’ मा परीणत भैसकेको छ । धेरै मन रोएको दिन आज पनि हो ।’



प्रतिक्रिया दिनुहोस्