Logo

जनप्रतिनिधिले राजीनामा नदिए उम्मेदवारी स्वीकृत गर्न नमिल्ने निर्वाचन आयोगको स्पोष्टोक्ति



काठमाडौं, ३० चैत्र । जनप्रतिनिधिले राजीनामा दिएपछि मात्रै उम्मेदवारी स्वीकृत गर्न मिल्ने निर्वाचन आयोगले स्पष्ट पारेको छ । राजीनामा दिएर मात्र निर्वाचनमा जान पाउने आचारसंहिताविरुद्ध परेको निवेदनमाथि भ्याकेट निवेदन लिएर आज सर्वोच्च पुगेको आयोगले आगामी स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिए खारेज हुन सक्ने पनि चेतावनी दिएकोे हो ।

आयोगले महान्यायाधिवक्ता कार्यालयमार्फत मंगलबार सर्वोच्चमा निवेदन दर्ता गराएको हो । आयोगका आचारसंहिताविरुद्ध सिन्धुपाल्चोक हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले गत चैत्र ७ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।

शेर्पाको रिटमाथि न्यायाधीश बमकुमार श्रेष्ठको एकल इलजासले आचारसंहिताको बुंदा कार्यान्यवन नगर्न अन्तरिम आदेश दिएको थियो । अन्तरिम आदेशको २१ दिन पछि आयोगले रिटको विरुद्ध उक्त आदेश खारेजीको माग गर्दै भ्याकेट निवेदन दर्ता गराएको हो ।

आयोगले स्रोत र साधनको दुरुपयोग हुनसक्ने भन्दै आगामी स्थानीय तहको निर्वाचनमा पुनः उम्मेदवारी दिने जनप्रतिनिधीले राजीनामा दिएर मात्र उम्मेदवार बन्न पाउने आचारसंहिता लागु गरेको थियो ।

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot