Logo

काश्मिरमा पर्यटक बढे



एजेन्सी, ३० चैत्र । काश्मिरमा पर्यटक बढेका छन् । पृथ्वीको स्वर्गका भनिने काश्मिरमा यस वर्ष दशककै बढी पर्यटक पुगेको तथ्यांक छ ।

यसै वर्षको २३ मार्चमा पर्यटकका लागि एशियाकै ठूलो टुलिप बगैंचा खुलाइएको छ । मानिसहरु १५ लाख टुलिप बहुरङ्गका फूल हेर्न जवारवान पहाडको फेदीमा मानिसहरु पुग्न थालेका छन् ।

पर्यटन काश्मिरका निर्देशक डा. जी एन इटूले एएनआईसँग कोरोना भाइरसको महामारीको अवस्थापछि आफूहरुले पर्यटक बढाउन अभियान नै चलाएको बताएका छन् । त्यहाँ कहिल्यै नपुगेका पर्यटक पनि पुगेका छन् ।-Photo Source: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot