Logo

कांग्रेस घोषणापत्र अवधारणाः भ्युटावर र गेट बनाउन कडाइ



काठमाडौं, बैशाख १। नेपाली कांग्रेसले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि केन्द्रीय तहबाट घोषणापत्रको अवधारणा बनाएर ७ सय ५३ वटै स्थानीय तहमा पठाउने तयारी गरेको छ ।

कांग्रेसले देशभरबाट घोषणापत्रका लागि नेता कार्यकर्ता, महाधिवेशन प्रतिनिधि, जिल्ला सभापति, स्थानीय तहमा जितेका प्रमुख उपप्रमुख, वडा अध्यक्ष, मतदाता तथा विज्ञबाट गरी १ लाख बढी व्यक्तिमार्फत प्राप्त सुझावलाई आधार मानेर घोषणा पत्र बनाउँदै छ । घोषणापत्र सार्वजनिक गर्ने मिति भने लोकतन्त्र दिवसका दिन अर्थात् ११ वैशाखलाई तोकिएको छ ।

महामन्त्री गगन थापाको संयोजकत्वमा रहेको केन्द्रीय घोषणापत्र निर्माण समितिमार्फत स्थानीय तह निर्वाचनका लागि कांग्रेसले घोषणापत्र बनाउँदै गरेको हो ।

कांग्रेसले केन्द्रबाट जारी गर्ने घोषणापत्रमा राजनीतिक खण्ड र संकल्प खण्ड गरी दुई खण्ड रहनेछ । यस्तै, बितेको पाँच वर्षमा भएका गतिविधिको समीक्षा र आगामी पाँच वर्षमा कांग्रेसले लिने नीति र प्रतिबद्धता तथा कांग्रेसको कार्यदिशासमेत घोषणापत्रमा ल्याउने कांग्रेसको तयारी छ । राजनीतिक खण्डमा हालसम्मका राजनीतिक उपलब्धि र संकल्प खण्डामा आगामी नीति रहनेछ ।

घोषणापत्र तयारी समितिका सदस्यसमेत रहेका कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले देशभरबाट प्राप्त सुझावलाई आधार मानेर केन्द्रीय तहमा घोषणापत्रको खाका बन्दै गरेको र केन्द्रले बनाएको अवधारणालाई पार्टी संयन्त्रमार्फत ७ सय ५३ वटै स्थानीय तहमा पठाइने जानकारी दिए । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्