Logo

उपसचिव डा.डिजन भट्टराई प्रबल जनसेवाश्री पदकबाट विभूषित



काठमाडौं, १ वैशाख । उपसचिव डा.डिजन भट्टराई प्रबल जनसेवाश्री पदकबाट विभूषित भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण काठमाडौंमा कार्यरत डा. भट्टराईलाई नेपालको राष्ट्रिय गौरब बढाएकोमा विभूषित गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

संविधान दिवसको दिन घोषणा गरिएको उक्त विभूषण नयाँ वर्षको अवसर पारेर आज प्रदान गरिएको हो ।

राष्ट्रपति भवन शीतलनिवासमा बिहीबार आयोजित विशेष समारोहमा डा. भट्टराईलाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रवल जनसेवाश्री मानपदवी प्रदान गरेकी हुन् ।

भट्टराईले प्रबल जनसेवाश्री विभूषणबाट विभूषित हुन पाउँदा देश र जनताप्रतिको सेवा र समर्पणमा थप जिम्मेवारी बोध भएको बताए ।



प्रतिक्रिया दिनुहोस्