Logo

२०३० भित्र एक खर्ब डलरको कपडा निर्यात गर्ने भारतको लक्ष्य



एजेन्सी, १ वैशाख । भारतको कपडा उद्योग फष्टाउन थालेको छ । निरन्तर निर्यात वृद्धिले भारतको कपडा विश्व बजारमा माग बढ्ने क्रम चलि नै रहेको छ ।

भारतका टेक्सटाइल हेर्ने मन्त्री पिउस गोयलले सन् २०३० भित्र निर्यात १ खर्ब डलर पुर्याउने लक्ष्य रहेको बताएका छन् । इकोनोमिक टाइम्सका अनुसार अष्ट्रेलिया र युएईमा भारतको कपडामा आकर्षण बढेको र आयात कर पनि सून्य बनाइएको बताएका छन् । भारतले ती देशहरुसँग व्यापार सम्झौता गरेर त्यस्तो अवस्था बनाएको हो ।

भारतले यूरोपेली यूनीयन, क्यानडा, बेलायतका अलावा खाडी देशहरुमा पनि कर छूट गरी कपडा निर्यात गर्न खोजिरहेको उल्लेख गरे । भारतको २०२० को वर्ष कपडा निर्यात ३३ अर्ब डलर भएकोमा २०२१ मा बढेर ४३ अर्ब डलर पुगेको तथ्यांक छ । गोयलले आक्रामक तरिकाले निर्यात बढाइरहेको बताएका छन् ।

भूराजनीतिक परिस्थितिले उद्दोगहरुमा अवसर बढाइरहेको भन्दै कपास उत्पादन बढाउने बताए । कपासको मूल्य बढ्दै गएको भन्दै किसानहरुलाई कपास उद्दोगमा प्रोत्साहित गर्नुपर्नेमा जोड दिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot