Logo

आतंकवादविरुद्ध कडा नीति लिन अमेरिका र भारतको पाकिस्तानलाई आग्रह



एजेन्सी, १ वैशाख । अमेरिका र भारतले पाकिस्तानलाई आतंकवादविरुद्ध कडा कदम चाल्न आग्रह गरेका छन् । उनीहरुले तत्काल कडा कदम चालेर आतकवादी हमलामा संलग्नलाई कारबाहीका लागि कठघरामा उभ्याउन समेत भनेका छन् ।

अमेरिका र भारतका रक्षामन्त्री र विदेशमन्त्रीहरुको संयुक्त बैठकमा त्यस्तो आग्रह गरिएको हो । दुवै देशले संयुक्त वक्तव्यमा नै मुम्बई र पठानकोट हमलाका दोषीलाई कारबाहीको दायरामा ल्याउन भनेका छन् ।

पाकिस्तनमा इमरान खानको सत्ता ढलेर सेहवाज सरिफ सत्तामा आएलगत्तै पछिल्लो भनाई सार्वजनिक भएको हो । दुवै देशले आतंकवादविरुद्ध मिलेर लड्ने सहमति गर्दै सूचना आदानप्रदान, हिंसात्मक अतिवादीविरुद्धको प्रतिकार, आतंकवादीहरुको सीमापार गतिविधिबारे निगरानी राख्ने सहमति पनि गरेका छन् ।

दुवै देशले आतंकवादी गतिविधिमा लागेका अलकायद, आइएस, लस्कर ए तोइबा, जैसे इ मोहम्मद र हिजब उल मुजाहिद्दीन जस्ता संयुक्तराष्ट्रसंघले आतंकवादी घोषित गरेका संगठनविरुद्ध कडा कदम चाल्ने संयुक्त वक्तव्यमा उल्लेख गरेका छन् । भारतीय पक्षले पाकिस्तानमा आतंकवादी गतिविधिका लागि वातावरण रहन नहुने विषय उठाएको उल्लेख छ । उसले पाकिस्तानबाट विभिन्न समयमा आफ्नो देशमा भएका आतंकवादी गतिविधिबारे पनि प्रश्न उठाउँदै आएको छ ।-Photo Source: Agency



प्रतिक्रिया दिनुहोस्