Logo

भारतले आफ्नै देशमा बनाएको विमान आसाम अरुणाञ्चल प्रदेशमा सञ्चालनमा ल्यायो



एजेन्सी, २ वैशाख । भारतले आफ्नै देशमा बनाएको विमान आसाम अरुणाञ्चल प्रदेशमा सञ्चालनमा ल्याएको छ । उत्तरपूर्वी भारतमा हवाई यातायात विकासका क्रममा भारतले आफ्नै विमान सञ्चालनमा ल्याएको हो ।

१७ सिटे डोरनियर २२८ जहाज हिन्दूस्तान एरोनेटिक्स लिमिटेडले बनाएको हिन्दूस्तान टाइम्सले जनाएको छ । उक्त विमान अरुणाञ्चालको पाँच क्षेत्र पासिघाट, जिरो, तेजु, मेचुका र टुटिङमा उडान भरिएको छ ।

भारतका उड्डयनमन्त्री ज्योतिरादित्य सिन्धिया आफै यात्रुका रुपमा बसेर उडानबाट गर्व महशुश गरेको बताए । विमान जर्मन प्रविधिबाट निर्माण गरिएको उल्लेख छ ।-Photo Source: Agency



प्रतिक्रिया दिनुहोस्